कोरोनाभाइरस र कोभिड-१९ को बारेमा सचेतनामूलक जानकारी
What is a ‘novel’ coronavirus & COVID-19?
A novel coronavirus (CoV) is a new strain of coronavirus. The disease caused by the novel coronavirus first identified in Wuhan, China, has been named coronavirus disease 2019 (COVID-19).
COVID-19 has been described as a 'pandemic' by the World Health Organization. What does that mean?
Characterizing COVID-19 as a pandemic is not an indication that the virus has become deadlier. Rather, it’s an acknowledgement of the disease’s geographical spread.
'नोवल’ कोरोनाभाइरस र कोभिड-१९ के हो?
नोवल कोरोनाभाइरस (CoV) कोरोनाभाइरसकै एक नयाँ प्रजाति हो। नोवल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ।
विश्व स्वास्थ्य संगठनले कोभिड-१९ लाई 'विश्वव्यापी महामारी'को रूपमा व्याख्या गरेको छ। यसको अर्थ के हो?
कोभिड-१९ लाई विश्वव्यापी महामारीको रूपमा चित्रण गर्नु यो भाइरस अझ घातक भएको सङ्केत होइन । बरू, यो रोगको भौगोलिक फैलावटको विषय हो ।
Source: World Health Organization
Symptoms of covid-19
कोभिड-१९ रोगका मुख्य लक्षणहरू
Fever (above 100.4°F)
ज्वरो (१००.४°F भन्दा माथी)
Difficulty in breathing
सास फेर्न गाह्रो हुने
Dry Cough
सुख्खा खोकी
Source: World Health Organization
How to protect yourself from Coronavirus?
नोवल कोरोनाभाइरसबाट कसरी आफू र अरुलाई बचाउने?
Wash your hands frequently using soap and water
नियमित रूपमा साबुन-पानीले हात धुने
Cover mouth and nose with flexed elbow or tissue when coughing or sneezing.
खोक्दा र हाच्छ्युँ गर्दा नाक र मुख छोप्ने
Seek medical care early if you or your child has flu-like symptoms
ज्वरो, सुख्खा खोकी, सास फेर्न गाह्रो भएमा चिकित्सकसँग परामर्श लिने
Stay at home during the lockdown
लकडाउनको क्रममा घर भित्र बस्ने
Wash your hands after playing with animals
पशुपन्छीसँग खेलेपछि साबुन-पानीले हात धुने
Avoid close contact with anyone who has flu-like symptoms
ज्वरो जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने
Source: Ministry of Health and Population, Nepal
video by the WHO | भिडियो स्रोतः विश्व स्वास्थ्य संगठन
Watch this short animation video made by the World Health Organization to learn more about COVID-19 and how to protect yourself against it.
कोभिड-१९ को बारेमा र यसबाट आफूलाई कसरी बचाउने भनेर सिक्नको लागि विश्व स्वास्थ्य संगठनले बनाएको यो छोटो एनिमेसन भिडियो हेर्नुहोस्।
Books and Resources | जानकारीमूलक पुस्तक र सामग्रीहरू
We have added new books and reading materials related to the coronavirus and COVID-19 in E-Pustakalaya. The collection includes books on helping children understand the disease in a child-friendly manner.
ई-पुस्तकालयमा हामीले कोरोनाभाइरस र कोभिड-१९ सँग सम्बन्धित नयाँ पुस्तकहरू र पठन सामग्रीहरू थपेका छौँ। यी सामग्रीहरूले बालबालिकालाई रोगको वारेमा बालमैत्री तरिकाले बुझाउन मद्दत गर्दछन्।
Where to get patient testing and quarantine for covid-19 in Nepal? | नेपालमा कोभिड-१९ परिक्षण र क्वारेन्टाइनको कहाँ कहाँ व्यवस्था गरिएको छ?
Nepal Ministry of Health and Population COVID-19 Hotline Local Telephone Numbers: 9851255839; 9851255837; 9851255834 from 8:00 a.m. to 8:00 p.m.
कोरोनाभाइरसको बारेमा जानकारी तथा परामर्श लिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन नम्बर ९८५१२५५८३९ ,९८५१२५५८३७ , ९८५१२५५८३४ मा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सम्पर्क गर्न सक्नुहुन्छ।