Effective learning using E-Paati (laptops)
(featured in Kantipur Daily on February 27, 2017)
Summary in English:
There has been significant improvement in the teaching-learning quality at Janashakti Basic School in Balapur in Banke district after the introduction of interactive learning using laptops loaded with digital content aligned with the school curricula. Students use the laptops on a regular basis to supplement their classroom learning.
Teachers reported that the new tool has improved students’ knowledge and skills in English, maths and science. Students shared that the hands-on lessons and exercises along with the use of audio-visuals have helped them grasp the concepts better. Parents mentioned that other activities and reference materials in the laptops have also been very helpful to the children.
In addition to this school, Sahid Smarak Higher Secondary School in Kumdi; Kandi Nepal Rastriya High School in Gharbari Tol; and Gyanodaya Higher Secondary School in Khajura have benefitted from the E-Paati program whe
Assistant District Education Officer Mr. Gorakh Bahadur Thapa said that he found the E-Paati program to be very effective in providing quality education to children, and that his office plans to work together with various stakeholders to expand the program in more schools in the district.
*** The E-Paati laptop program was introduced in these four schools in Banke by OLE Nepal and Nepal’s Department of Education with support from Embassy of Finland’s Funds for Local Cooperation (FLC)
Full story :
ई–पाटीको सिकाइ प्रभावकारी
–
, नेपालगन्जफाल्गुन ११, २०७३- महादेवपुरी ६ वालापुरस्थित जनशक्ति आधारभूत विद्यालयको पठनपाठन पछिल्ला वर्ष गुणस्तरीय बन्दै गएको छ । परम्परागत विधिबाट पठनपाठन हुने उक्त विद्यालयमा ई–पाटी सञ्चालनमा ल्याइएपछि विद्यार्थीको पाठ्यक्रमअनुसार ज्ञान र सीपमा गुणस्तरीयता बढेको हो ।
६ कक्षासम्म पढाइ हुने विद्यालयमा प्रत्येक दिन एक घन्टी ई–पाटीबाट कक्षा सञ्चालन गरिन्छ । यसमा विद्यार्थीले उसै दिन पढेका विभिन्न विषयको शिक्षण अभ्यास र अतिरिक्त त्रियाकलाप प्रयोगात्मक विधिबाट गर्ने गरेका छन् । ई–पाटीमा सबै कक्षाको विषय र पाठसँग सम्बन्धित सबै गतिविधि राखिएको हुन्छ । शिक्षकको सहायताबिनै विद्यार्थीले आफैं ई–पाटीमा पढ्न सक्छन् । यसमा राखिएका विभिन्न वटममार्फत विद्यार्थीले पाठ्यपुस्तकअनुसारकै पाठ पढ्न सक्ने कक्षा ३ का सौरभ केसीले बताए ।
पाठसँग सम्बन्धित अभ्यासहरू पनि विद्यार्थी आफैंले गर्न सक्ने व्यवस्था छ । ‘हामीहरू यसैमा सबै बिषयका पाठ पढ्न सक्छौं । अभ्यास पनि ई(पाटीमै गर्ने गरेका छौँ । पाठ्यपुस्तकसँग सम्बन्धित प्रयोगात्मक सामग्री राखिएको हुँदा बुझ्न पनि सजिलो भएको छ,’ कक्षा ५ का आधार ओलीले भने, ‘पाठसँग सम्बन्धित विभिन्न प्रश्नको हल पनि ई–पाटीमै गर्ने भएकाले सजिलो हुन्छ ।’ शिक्षकहरूका अनुसार ई–पाटी मद्दतले शिक्षण क्रियाकलाप प्रभावकारी हुँदै गएको छ । विद्यालयमा विभिन्न चित्र, गीत, खेलको माध्यमबाट ई–पाटीमा पढाइ हुने गरेको छ । यसमार्फत विद्यार्थीले कम्प्युटर विषयको अभ्याससमेत गर्दै आएका छन् । यो विधिको शिक्षणमार्फत अंग्रेजी, गणित र विज्ञानमा बिद्यार्थीको ज्ञान र सीप वृद्धि हुँदै गएको शिक्षकहरू बताउँछन् ।
बालापुरसहित यहाँका कन्दी मावि, घरबारीटोलस्थित नेपाल राष्ट्रिय मावि, खजुरामा रहेको ज्ञानोदय उच्च माविमा ई–पाटीबाट पढाइ हुने गरेको छ । एकैपटकमा ४० विद्यार्थीलाई शिक्षण गर्ने व्यवस्था मिलाइएको छ । यो विधिबाट शिक्षण गर्दा बालबालिकाको अतिरिक्त क्रियाकलापमा पनि सहयोग पुगेको अभिभावकले बताए । ई–पाटीमै शैक्षिक सामग्री र पाठसँग सम्बन्धित विषयका अन्य अतिरिक्त सामग्री राखिएको हुँदा यसमार्फत विद्यार्थीलाई छिटो बुझ्न सजिलो हुने गरेको छ ।
सहायक जिल्ला शिक्षा शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार ई–पाटीमार्फत विद्यार्थीको पढाइ र सिकाइमा गुणस्तरीयता बढिरहेको छ । ‘यो शिक्षणले विद्यार्थीको पठन सीपका साथै गुणस्तरीयतामा वृद्धि भइरहेको छ,’ थापाले भने, ‘ई–पाटीमार्फतको शिक्षणले खेल, प्रयोगात्मक सीप र अभ्यासका कारण विद्यार्थीको पाठ्यक्रमअनुसार सिकाइ उपलब्धि बढिरहेको छ । यस्तो शिक्षण क्रियाकलाप अन्य सामुदायिक विद्यालयमा पनि सञ्चालन गर्न आबश्यक छ ।’ शिक्षा कार्यालय विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा यो विधिअनुसारको पठनपाठन अरूमा पनि क्रमश: लागू गर्दै जाने योजना उनले सुनाए ।
प्रकाशित: फाल्गुन ११, २०७३
http://kantipur.ekantipur.com/printedition/news/2017-02-22/20170222090733.html