लकडाउनमा घर बस्दा पढ्ने किताब पाइएन ? यहाँबाट डाउनलोड गर्नुहोस् – OLE Nepal
HomeNewsलकडाउनमा घर बस्दा पढ्ने किताब पाइएन ? यहाँबाट डाउनलोड गर्नुहोस्

लकडाउनमा घर बस्दा पढ्ने किताब पाइएन ? यहाँबाट डाउनलोड गर्नुहोस्

देखापढी

कोभिड-१९ को महामारीबाट जोगिन घरमै बस्नुपरेको यो बेला किताब पढ्ने उपयुक्त समय हुनसक्छ। यहाँ दिइएका लिंकबाट इन्टरनेटमै सजिलै किताब पाइनेछ।

काठमाडौं। घरमै हुनुहुन्छ नि ? ननिस्कनुहोस् है। कोभिड-१९ महामारी फैलिन नदिन सरकारले घोषणा गरेको ‘लकडाउन’ (बन्दाबन्दी) हाम्रै निम्ति हो। तपाईं एकजनामात्रै बाहिर निस्कँदा पनि ठूलो गल्ती हुनसक्छ। किनभने वैज्ञानिकहरूले भनेका छन्, आवागमन र भेटघाटलाई यथावत राख्ने हो भने कुनै एकजना व्यक्तिमा भएको कोरोना भाइरस थप ३५०० जनामा फैलिनसक्छ। सोच्नोस् त, यदि तपाईंको शरीरमा कोरोना भाइरस छन् भने तपाईं अरू ३५०० को जोखिमको कारक बन्न सक्नुहुन्छ। यदि तपाईं संक्रमित हुनुहन्न भने पनि बाहिरफेर निस्कनुहुन्छ भने जोखिमका ३५०० मध्ये एक बन्नुहुनेछ। कथंकदाचित तपाईंलाई संक्रमण भइहाल्यो भने तपाईं फेरी थप ३५००को रोगको कारक बन्न सक्नुहुन्छ। यो ३५०० भित्र अपरिचितभन्दा बढी तपाईंकै परिवारका सदस्य र आफन्त, साथीभाई पर्ने सम्भावना बढी हुन्छ। त्यसोभए किन जोखिम मोल्ने?

हो अहिलेलाई घरमै बस्नुहोस्। यही नै तपाईंले आफ्नो र सिंगो देशको लागि गर्ने सबैभन्दा ठूलो योगदान हुनेछ।

लकडाउनमा घरमै बसिरहँदा भने के गर्ने भन्ने अन्यौल हुनसक्छ। थोरै जुक्ति लगाउनुभयो भने यो समय तपाईंका लागि अध्ययनशील बन्ने वा अध्ययनको दायरा बढाउने मौका हुनसक्छ। तर, किताब पाउने कसरी? इन्टरनेटमै सजिलै किताब पाइने दुई साइट यी हुन्ः

नेपाली र अंग्रेजी साहित्यका लागि ई-पुस्तकालय

यो साइटमा नेपाली र अंग्रेजी भाषाका विभिन्न किताब उपलब्ध छन्। तर यसको मूल लक्ष नेपाली किताब नै हुन्। यो साइटमा तपाईंले नेपाली साहित्यका चर्चित पुस्तकहरू पाउन सक्नुहुन्छ। यो लिंकमा क्लिक गरेपछि किताबहरू वर्गीकरण गरिएको पेजमा सोझै पुगिन्छ। सर्च अप्सनबाट खोजेका लेखक वा किताबको नाम (नेपाली भए युनिकोडमा) टाइप गरेपछि सजिलैसँग भेटिन्छ। उक्त लिंकमा क्लिक गरेपछि त्यो पुस्तकको जानकारी विवरण आउँछ। त्यहाँ देखाइएको Read Book अप्सनमा क्लिक गरेपछि पिडिएफ रूप डाउनलोड हुन्छ।

६०८ वटा नेपाली साहित्यका, ५३० वटा नेपाली बाल साहित्यका, १४९४ वटा अंग्रेजी साहित्यका गरी ६ हजार ८४५ वटा पुस्तक समावेश यो साइटमा नेपाली साहित्यिक पत्रिकाहरू पनि उपलब्ध छन्।

प्रकाशित: बुधबार, १२ चैत, २०७६ | Wednesday, March 25, 2020 | 7:15 AM

This article has been retrieved from an online news portal: Dekhapadhi.com