HomeNewsजाजरकोटमा डिजिटल शिक्षण सिकाई कार्यक्रम संचालन

जाजरकोटमा डिजिटल शिक्षण सिकाई कार्यक्रम संचालन

कुशे र नलगाडमा साझा शिक्षा ई-पाटी संचालनमा

जनक सिंह     ।    २ फाल्गुन २०७६, शुक्रबार १८:१८  मा प्रकाशित

विश्व खाद्य कार्यक्रमको सहयोगमा जाजरकोट जिल्लाका २ वटा स्थानिय तहमा डिजिटल शिक्षण कायक्रम लागु भएको छ । जाजरकोट जिल्लाको नलगाड नगरपालिका र कुशे गाउँपालिकामा डिजिटल शिक्षण सिकाई कार्यक्रम लागु भएको छ ।

नेपालमा शिक्षा प्रणालीका केन्द्रिय निकाय शिक्षा तथा मानव श्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा शिक्षामा प्रविधिको प्रयोगको क्षेत्रमा विगत १२ वर्ष देखि कार्यरत गैरसरकारी सँस्थाले गत बर्ष देखि जाजरकोटका दुई स्थानिय तहमा डिजिटल शिक्षण कार्यक्रम संचालन गरेको हो । डिजिटल सामग्री निर्माण, शिक्षक तयारी, पावर नेटवर्क पूर्वाधार र क्षमता अभिबृद्धि र समन्वयको क्षेत्रका काम गरीरहेको साझा शिक्षा ई पाटी नेपालले सन २०१९ देखि जाजरकोटमा काम गरी रहेको छ ।

ईपाटीले कुशे गाउँपालिका र नलगाड नगरपालिकाबाट सिफारिस भएका १२ वटा विद्यालय र स्थानीय तहमा कार्यक्रमको अभिमुखिकरण र सम्झौता सम्पन्न, विद्यालयहरूलाई आवश्यक र उपयुक्त किसिमको फर्निचर उपलव्ध, ईपाटी कार्यक्रम सञ्चानलनको लागी सिफारिस भएका विद्यालयहरू मध्ये दुबै स्थानीय तहवाट ५र५ वटा विद्यालयलाई सोलार उपलव्ध सबै विद्यालयमा कार्यरत सबै ४८ जना शिक्षकहरूलाई ई(पाटी एकीकृत शिक्षण सिकाइको सात दिने आधारभुत तालिम, कक्षागत रूपमा हरेक विद्यार्थीलाई पुग्‍ने गरि डिजिटल शैक्षिक सामग्री राखिएको कम्प्युटर, ई(पुस्तकालय सर्भर, राउटर, पेनड्राईभ, पावर स्ट्रिप हस्तान्तरण र सबै विद्यालयमा गएर विद्यालय नेटवर्क तयारी, कार्यक्रमको सुरू देखि नै २ जना विद्यालय सहजकर्ताबाट सबै विद्यालयमा शैक्षिक र प्राविधिक सहयोग तथा अनुगमन,सबै विद्यालयमा प्रशिक्षक र प्राविधिक गएर ३ दिने विद्यालयमा आधारित तालिम र अभिभावक अभिमुखिकरण कार्य दुबै स्थानीय तहमा सबै विद्यालयका प्रधानाध्यापक, साझा शिक्षा ई (पाटीको टीम, शिक्षा शाखा प्रमुख, मेयर र अध्यक्ष तथा अन्य सरोकारवालाको सहभागीमा एकदिने समिक्षा कार्यक्रम समेत गरि सकेको छ ।


त्यस्तै नलगाड नगरपालिकाका ६ वटा विद्यालयमा १ सय ५९ वटा ल्याप्टप, ६ वटा सर्भर, ११ वटा राउटर र ६० वटा पावरस्ट्रिम तथा कुशे गाउँपालिकाका ६ वटा विद्यालयमा १ सय २७ वटा ल्याप्टप, ६ वटा सर्भर, ९ वटा राउटर र ४९ वटा पावरस्ट्रिम वितरण गरेर शिक्षणकार्यमा सहजता ल्याएको विश्व खाद्य कार्यक्रम जाजरकोटका संयोजक कृणा थापाले जिल्ला स्तरिय परियोजना परिचयात्मक कार्यक्रममा यस्तो बताए ।

शुक्रबार खलंगामा गरिएको जिल्ला स्तरिय परियोजना तथा परिचयात्मक कार्यक्रममा जाजरकोटका स्थानिय तहका प्रमुख तथा प्रतिनिधी शिक्षा सम्बन्धि सरोकारवाला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पाँचतारायुवा संरक्षक मन्च जाजरकोटले मुख्य सहकार्य गरेको छ ।

This article has been retrieved from Big News Khabar

जाजरकोटमा डिजिटल शिक्षण सिकाई कार्यक्रम संचालन