Author: Trishala Hirachan

HomeArticles Posted by Trishala Hirachan

MIT Special Course of OLE Nepal’s Game Development Team

August 2020 | Kathmandu

OLE Nepal’s game development team members have completed a special course taught by Philip Tan, creative director at MIT Game Lab. Over a period of three months, Philip has helped the team enhance their knowledge and skills on the principles and practices of effective education game design. Philip teaches Game Design and Creating Video Games courses at MIT. 

Our game development team is confident that the skills and techniques they’ve learned in these sessions will help boost the quality and the complexity of our educational games.

“Philip’s mentorship was exactly what our team needed at this point in our game development project. We have enjoyed discovering new aspects of game design through his sessions. I believe it has added great value to our game development team.”   – Regan Maharjan, Lead Game Developer

“The quality of information that Philip shared during the class and the slides was very rich in terms of educational content which helped me understand the fundamentals of game development. I was fascinated by the way Philip gave constructive criticism which led us to have really good progress in our work. Overall, I would say it was an effective class for me.”  – Rochelle Manandhar, Graphics Illustrator

“It was an incredible opportunity to be able to attend such a comprehensive session on game development with an MIT Professor Philip Tan himself. The classes helped enrich my knowledge not only on game design but also on various dimensions of designs such as UI/UX, usability testing, visual balance, sounds, prototyping, and many more. Despite being contextually implemented in game design, I learned that these variables would fit in other designing processes as well, be it UI/UX design, content design, illustrations, web design and in many other aspects, these would accurately maintain their relevance. To sum it up, it was an amazing learning experience. ”   – Monil Shrestha, UI/UX Developer

“The online classes with Philip were an amazing experience. His teaching of various elements of game design, helping me look at things from different perspectives. His constructive feedback on my work has helped me a lot in learning and implementation of game design and development processes.”   – Ravi Karki, Game Developer

“These sessions were really an amazing opportunity. We learned a lot about game design and new ways of looking at games and how to design them.”   – Sushil Bajracharya, Software Developer

“Learning from Philip was an outstanding experience. The topics covered were essential for anyone who is thinking to get into game development. I’ve learned a lot about how to approach game design and all the processes involved in it. I firmly believe that the team has immensely benefited from it too. Philip was super clear on all of the lectures. I loved his style of teaching with elaborative examples. I’m glad to have been a part of it.”    – Manish Shilpakar, Game Developer

This course has been made possible through the MIT J-WEL pk-12 grant in education innovation that OLE Nepal was awarded for the second year in a row.

Continue Reading

वैकल्पिक सिकाई र यसको प्रभावकारिता

विश्‍वव्यापी महामारी कोभिड १९ ले सबै क्षेत्रमा व्यापक असर पारेको छ । यसलाई कम गर्न देशव्यापी लकडाउन गरियो । शिक्षण संस्था, बैंक, यातायात, व्यापार, उद्योग बन्द गरिए ।  तैपनि संक्रमण बढ्यो । देशमा आर्थिक लगायत गतिविधि ठप्प प्रायः भए । अर्थतन्त्रमा मन्दी आएर अरु समस्या आउने भयले लकडाउन खोलियो । कोभिडलाई रोकथाम र नियन्त्रण गर्ने प्रयासहरू हुँदाहुँदैपनि कोभिडको संक्रमण झन् बढी रहेको छ ।

हाम्रो सन्दर्भमा लकडाउनको अवधि शैक्षिक सत्रको अन्त्यमा भएकाले शुरुका केहि दिनमा शिक्षा क्षेत्रमा उल्लेखनीय क्षति भएन । वार्षिक परीक्षा जेनतेन सकियो । एसईई रोकियो । नयाँ सेसन सुरु सँगै नियमित विद्यालय जाने अवस्था रहेन । कतिपय विद्यालयले तत्कालै नतिजा तयार पार्न भ्याए । अधिकांश विद्यालयमा लकडाउनसँगै यो काम पनि बन्द भयो ।

लकडाउनको अवस्था बढेसँगै क्रमशः कतिपय विद्यालयहरूले नतिजा अनलाइन निकाले भने कतिले घरघरमा पठाउन समेत भ्याए । बजारमा उपलव्ध पुस्तकहरू उपयुक्त व्यवस्थापन गरेर विद्यार्थी कहाँ पुर्‍याउन थालियो । धेरैजसो विद्यालयले यहि कामलाई सरकारको निर्णय कुरेको अवस्थापनि थियो । यहि अवस्था लामो समयसम्म रहने देखिएकाले केहि विद्यालयहरूले अनलाइन कक्षाको सुरुवात गरे ।

देशमा महामारीको अवस्थालाई आँकलन गर्दा विद्यालयमा गएर नियमित शिक्षण सिकाइ गर्न नसकिने अवस्था देखियो । हामीकहाँ यस्तो परिस्थिति आएमा शिक्षण सिकाइलाई निरन्तरता दिन के गर्न सकिन्छ भन्ने आवश्यक नीति तयार थिएन । अतः सरकारबाट यस्तो अवस्थामा वैकल्पिक तरिकावाट शिक्षण सिकाइलाई निरन्तरता दिन अलग्गै व्यवस्था गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७  नै जारी भयो । यसमा सबै स्थानीय तहमा विद्यार्थीलाई सिकाइ प्रक्रियामा सहभागी गराउन निर्देशन गरिएको छ ।

यसमा अन्य कुराका अतिरिक्त विद्यार्थीहरूको घरमा सिकाइका उपकरणहरू भएको आधारमा पाँच भागमा विभाजन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअनुसार जसको घरमा सूचना र सञ्चारको कुनै उपकरण छैन तिनको घरमा पाठ्यपुस्तक, कापी लगायतका साधन उपलव्ध गराउनुपर्ने भयो । तिनलाई भौतिक दुरी र सुरक्षाका नियम पालन गर्दै सार्वजनिक स्थानमा भेला गरेर शिक्षकको उपस्थितिमा सिकाइ निरन्तरता दिनुपर्ने भयो । जसको घरमा रेडियो उपलव्ध छ तिनका लागि रेडियो कार्यक्रम तयार पारेर सिकाइलाई निरन्तरता दिनुपर्ने भयो । यस्तै टेलिभिजन भएका विद्यार्थीका लागि निश्चित समयमा कक्षागत रूपमा सामग्री तयार पारेर प्रशारण गर्ने व्यवस्था मिलाउन भनिएको छ । रेडियो र टेलिभिजनमा कार्यक्रम तयार पार्दा सम्बधित क्षेत्रका विज्ञहरूको परामर्शमा तयार पार्नुपर्ने भयो ।

यस्तै जसको घरमा कम्प्युटर छ तिनका लागि कम्प्युटरमा राखेर प्रयोग गर्न सकिने सामग्रीहरू उपलब्ध गराउने र इन्टरनेट प्रयोगकर्ताका लागि अनलाइन सामग्री प्रयोग गर्न सहजिकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिका कार्यान्वयन गर्न हरेक स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्नेछ ।

यो निर्देशिका आउनु अगावै केहि शिक्षण संस्थाहरूले इन्टरनेट भएको स्थानमा अनलाइन शिक्षण सिकाइ शुरु गरिसकेका थिए । निर्देशिका पश्चात् हालसम्ममा इन्टरनेटको पहुँच भएका प्रायजसो सबै स्थानमा अनलाइन शिक्षण सिकाइ शुरु भइसकेको छ । कोरोना संक्रमण बढेका कारण शिक्षणसंस्था खुल्ने अझै अनिश्चित छ । यो अनिश्चिततासँगै वैकल्पिक शिक्षण सिकाइ थप प्रभावकारी हुनुपर्नेमा त्यस्तो हुन नसकेको अवस्था देखिन्छ । यसो हुनका कारण र तिनको समाधानको लागि गर्न सकिने कामलाई यहाँ उल्लेख गरिएको छ ।

कुनैपनि समयमा बाढी पहिरो, भुकम्प तथा हाल भोगिरहेका जस्ता महामारी कुनैपनि समयमा आउन सक्ने कुरालाई दृष्टिगत गरेर हाम्रो प्रणालीले तयारी गर्न सकेको रहेनछ । जिम्मेवार निकायले यस्तो कठिन अवस्था आएमा शिक्षा क्षेत्रलाई नियमितता दिन सकिने वैकल्पिक माध्यमहरु तयारी अवस्थामा राखिएको भए यति कठिन पक्कै हुने थिएन । हामी महामारी शुरु भएको निकै पछि मात्र के गर्ने भनेर नीति बनाउन थाल्यौँ । जेहोस् अब निर्देशिका तयार भएको छ । यसलाई कार्यान्वयन गरौँ, आवश्यकतानुसार सुधार गर्दै जाऔँ ।

वैकल्पिक सिकाइ सहजिकरण निर्देशिकाका अनुसार विद्यार्थी माझ पुस्तक जसोतसो पुर्‍याइयो । तर कतिपय टोलटोलमा गएर सिकाउन डरलाग्दो भयो । कोहि संक्रमित छ कि भनेर डर र शंकाका भरमा सिकाउनुपर्ने भयो । कतिपय अभिभावकले यो जोखिम मोल्ने कुरा भएन भने केहि शिक्षकमा पनि यो लागू भयो । सबै स्थानमा भौतिक दुरी पालन गर्न ठाउँ र मौसमका कारण कठिन भयो । मास्क र स्यानिटाइजर लगायतका सामग्री सबैतिर पाउन कठिन भयो । यसबाट भयमुक्त र प्रभावकारी सिकाइलाई निरन्तरता दिन अधिकाङ्श स्थानमा सकिएन । अब स्थानीय रूप मै संक्रमणको अवस्था यकिन गरेर मात्र यस्तो सिकाइलाई निरन्तरता दिऔँ । वर्षाको समय सकिएसँगै खुल्ला स्थान प्रयोग गरौँ र पर्याप्त मात्रामा सुरक्षाका सामग्री प्रयोग गर्ने वातावरण बनाऔँ ।

अबको समय सूचना प्रविधिको युग हो । स्वास्थ्य, बैंङ्किङ्, व्यापार, कृषि लगायतका क्षेत्रमा प्रविधिको व्यापक प्रयोग हुन थालेको छ । शिक्षा क्षेत्रमा पनि यसको प्रयोग बढ्दो क्रममा छ । यो समयको मागपनि हो । झन् महामारीको समयमा त यसको थप महत्व हुनसक्छ । स्थानीय तहहरूले पनि शिक्षामा प्रविधिको प्रयोगतर्फ आवश्यक निती तयारी र लगानीको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ । शिक्षामा प्रविधिको प्रयोगमा आवश्यक उपकरण कम्प्युटर, ट्याबलेट लगायत व्यवस्था गर्न सकिन्छ ।  आफ्ना बस्तिमा नियमित पढ्ने उमेरका मानिसको संख्या यकिन गरेर सामुहिक रुपमा प्रयोग गर्न आवश्यक कम्प्युटर वा यस्तै उपकरणको व्यवस्था गर्न सकिन्छ । यिनमा सान्दर्भिक डिजिटल शैक्षिक सामग्री राखेर सामुदायिक रूपमा प्रयोगको व्यवस्था मिलाउन सकिन्छ । यस कार्यलाई वर्तमान महामारीमा मात्र नभएर शिक्षण सिकाइमा निरन्तर प्रयोगको वातावरण मिलाउन सकिन्छ । यसो भएमा विद्यालयमा नियमित नजाने वा गएर छाडेकाहरूलाई व्यक्तिहरूलाई पनि फाइदा पुग्छ । दीगोपना र प्रभावकारी प्रयोगका लागि स्थानीय तहको शिक्षा निति र योजनामा नै यसको व्यवस्था गरेर सम्बन्धित शाखाबाट आवश्यक सहयोग, अनुगमन र मुल्याङ्कन हुने व्यवस्था मिलाउन सकिन्छ ।

धेरैको ध्यान अनलाइन प्रणालीमा गएकोछ, यो नराम्रो पनि हैन । तर दिर्घकालीन प्रयोगको लागि खर्चिलो र धेरै उपकरणहरूमा एकसाथ प्रयोग गर्न ढिला हुने भएकाले अफलाइनलाई नै प्राथमिकता दिनु उपयुक्त हुन्छ । एकपटक मात्र लगानी गर्नुपर्ने भएकाले यो विधि कम खर्चिलो हुन्छ । तर नियमित सूचनाको लागि इन्टरनेट नै चाहिन्छ । ठूलो क्षेत्रमा राम्ररी र निःशुल्क चल्ने किसिमको इन्टरनेट सुविधाको लागि भने सरकारी स्तरबाट संस्थागत रूपमा इन्टरनेट सेवा प्रदायक संस्था (ISP) हरूसँग सहयोग लिने प्रक्रिया अगाडि बढाउन सकिन्छ ।

शिक्षकहरूलाई प्रविधि मैत्री बनाउनुपर्छ । सूचना तथा सञ्चारका उपकरणको प्रयोग गर्न अभ्यस्त बनाउन तिनको क्षमता विकासका काम गर्नुपर्छ । प्रचलनमा आएका डिजिटल शैक्षिक सामग्री प्रयोग र नयाँ तयार पार्ने विधि र तरिकाको जानकारी गराउन जरुरी हुन्छ । शिक्षकको क्षमता, रूचि र विद्यालयको आवश्यकता अनुसार दक्ष बनाउने गतिविधिहमा तिनलाई सहभागी गराउन सकिन्छ । पाठ्यपुस्तक मात्र हैन सान्दर्भिक डिजिटल सामग्री र अन्य शैक्षिक सामग्री प्रयोग गरेर पनि शिक्षण सिकाइ अगाडि बढाउन सकिन्छ भनेर आश्वस्त तुल्याउने वातावरण बनाउन सकिन्छ ।

हाल प्रचलनमा आएको रेडियो, टेलिभिजन र अनलाईन सिकाइ प्रक्रियालाई थप व्यवस्थित बनाउनुपर्छ । वैकल्पिक शिक्षण सिकाइ भनिएको छ, तर रेडियो, टेलिभिजन, मोवाइल वा कम्प्युटर अगाडि बसेर पाठ्यपुस्तक नै हुबहु पढाउने गरिएको छ, नियमित कक्षामा जस्तै । विगतमा बालबालिकाहरूले लगातार स्क्रिनमा हेरिरहे भने आँखा कमजोर हुन्छ । यसो गर्न दिनुहुँदैन भनिन्थ्यो । तर हाल कतिपय विद्यालयले दिनमा पाँचघण्टा सम्म स्क्रिन अगाडि विद्यार्थीलाई राखेर पढाएको गुनासो अभिभावकहरूले गरेको पाइन्छ । हामीले हाल भन्न खोजिएको वैकल्पिक सिकाइ भनेको यहि हो त ? अनि विद्यालय, स्थानीय तह र सञ्चारका साधनै पिच्छे अलग अलग विषयवस्तु पढाएको पाइएको छ । यसमा एकरुपता हुनुपर्ने हो कि ? यसका लागि सम्बन्धित निकायबाट एकरूपताको कार्यविधि नै बनाएर लागु गराउनुपर्ने आवश्यकता देखिन्छ ।

एक समयमा अंग्रेजी माध्यमबाट शिक्षण गर्ने विद्यालयहरूलाई प्राथमिकता दिइयो । यसको केहि समयपछि अंग्रेजी माध्यम र नेपाली माध्यमबाट पढाइ हुने विद्यालयहरूको माझमा स्पष्ट फरक देखियो । अंग्रेजी भाषामा भएको आकर्षणका कारण त्यस्ता विद्यालयमा विद्यार्थी संख्या बढ्यो । नेपाली माध्यममा पढाइ हुने विद्यालयहरूमा विद्यार्थी संख्या घट्दो रुपमा भएको सुन्न थालियो । यसरी शिक्षणको भाषाका कारण विद्यालय र विद्यार्थीको स्तरनै फरक देखिन थालेकोमा हाल नेपाली माध्यमबाट सिकाइ गर्ने विद्यालयहरूले पनि क्रमशः अंग्रेजी माध्यममा जान थालेपछि यी दुइको फरकमा केहि कमी हुन थालेको छ । विगतमा भाषाको कारण विद्यालय र विद्यार्थीमा फरक देखिए जस्तै अब कम्प्युटर लगायतका डिजिटल सामग्री प्रयोग गर्ने र नगर्ने विद्यालय तथा विद्यार्थीको माझमा फरक देखिने सम्भावना बढेको छ । यस्तो फरक विद्यालय-विद्यालय र एउटै विद्यालयका विद्यार्थीहरू माझ पनि देखिन सक्छ । यसलाई समय मै विचार नपुर्‍याइएमा पछि गएर यो फरकले स्पस्ट रूपमा विभाजन देखिने खतरा देखिन्छ । यसका लागि डिजिटल सामग्री नै नभएका विद्यालयहरूमा थोरैबाट मात्र भए पनि सरकारी निकायबाट शुरुवात गर्ने व्यवस्था मिलाउनु उपयुक्त हुन्छ ।

यस्तै विद्यालयमा डिजिटल सामग्री प्रयोग हुन थालेको भएमा क्रमशः विद्यार्थीले प्रयोग गर्ने वातावरण बढाउनुपर्छ । एक जमाना थियो, सबै विद्यार्थीले बाह्रै महिना शिक्षण शुल्क तिर्ने, पुस्तक सबै किन्ने, कपडा आफैँ किन्ने, छात्रवृत्ति र खाजाको त कुरै छाडौँ । हाल क्रमशः मासिक शुल्क तिर्नु नपर्ने, पाठ्यपुस्तक निःशुल्क, कपडा र छात्रवृत्ति पनि धैरैले पाउने अवस्था आएको छ । विद्यालयमा दिवा खाजा उपलव्ध हुन थालेको छ । अब यसलाई निरन्तरता दिँदै विद्यार्थीलाई प्रविधिसँग जोड्न विपन्न र जेहन्दार विद्यार्थीलाई कम्प्युटर लगायतका उपकरणहरू क्रमशः उपलव्ध गराउने योजना पो बनाउने हो कि ? नत्र एउटै विद्यालयमा पनि डिजिटल उपकरण किनेर प्रयोग गर्ने र किन्न नसक्ने विद्यार्थीहरुको माझमा फरक आउँछ । यसले सिकाइका अन्य क्रियाकलापमा पनि असर पर्न सक्छ ।

विद्यार्थीले प्रयोग गर्ने पुस्तकमा एकरुपता हुन जरुरी छ । पाठ्यक्रम विकास केन्द्रबाट तयार पारिएको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरू निर्धारण गरिएका हुन्छन् । कक्षागत आधारमा तोकिएका यस्ता सामग्री मात्र विद्यार्थीलाई प्रयोग गर्न लगाउनुपर्छ । धेरैखाले पुस्तक लगायतका सामग्री प्रयोग गर्न लगाउँदा अभिभावकलाई आर्थिक र विद्यार्थीलाई मानसिक बोझ हुन्छ । यस्तै विद्यालयमा प्रयोग गर्ने डिजिटल शैक्षिक सामग्रीमा पनि एकरूपता हुनुपर्छ । पाठ्यक्रम प्रारुपसँग मेल खाने हुनुपर्छ । थप क्रियाकलाप र डिजिटल शैक्षिक सामग्रीहरू प्रयोग गर्ने हो भने पनि विद्यार्थीको उमेर र सिकाइ स्तर अनुसार उपयुक्त हुने खालका मात्र हुनुपर्छ । रमाइलो र अरू भन्दा फरक देखाउने नाममा विद्यार्थीहरूलाई अनावश्यक बोझ हुने चाहि हुनुहुँदैन ।

सरकारबाट लकडाउनको घोषणा पश्चात् विद्यार्थीहरूको शिक्षण सिकाइलाई निरन्तरताका लागि विभिन्न प्रयास हुनका साथै तिनलाई थप प्रभावकारी र निरन्तरता दिनेतर्फ कामहरू शुरु भएका छन् । राष्ट्रिय पाठ्यक्रम प्रारुपका आधारमा विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्विकृत गरिएका विधि र सामग्रीहरू प्रयोग गर्नैपर्छ । शिक्षक आफैँ थप सिर्जनशील भएर यहि मापदण्डमा आधारमा थप सामग्री संकलन वा तयार पारेरपनि प्रयोग गर्न सकिन्छ । व्यवहारिक ज्ञान बढाउन घर परिवारमा गरिने दैनिक कामको जानकारी र प्रयोग गर्न लगाउन सकिन्छ । प्रविधिका साधनमा पहुँच भएका ठाउँहरूमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेभसाइट http://doe.gov.np/ मा भएका “उपयोगी सिकाई सामग्री प्रयोग गर्न सकिन्छ । यस्तै पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा गैरसरकारी प्रयासमा अभिभावक, शिक्षक र विद्यार्थी सबैको लागि उपयोगी सामग्रीहरू भएको https://pustakalaya.org/ पनि प्रयोग गर्न गराउन सकिन्छ ।

Original Post: https://shikshyapatra.com/2020/08/22/86419

  • Posted on 24 Aug 2020
  • In News
Continue Reading

New home-based learning program with LMC

July 2020 | Lalitpur:
OLE Nepal is working together with the KDDI Foundation and CityNet Yokohama (Japan) to launch an innovative program for home-based learning using shared technology for children without access to technology in Lalitpur. Through this program, children will be able to check out devices containing digital learning activities from schools on a rotational basis and continue learning at home together with textbooks and worksheets provided to them.
The program received full endorsement from the mayor of Lalitpur Metropolitan City (LMC), Mr. Chiribabu Maharjan, at a meeting today that was attended by representatives from KDDI Foundation, CityNet, OLE Nepal and LMC education section. Mr. Maharjan has assured full support from the LMC in all aspects of the program.
Continue Reading

सिकाइमा डिजिटल प्रविधिको प्रयोग

विद्यार्थीको उमेर, मनोविज्ञान, स्तर ख्याल गरेर बनाइएका सामग्रीहरु ई-पाठमा उपलब्ध छन्

  भलाकुसारी | टीकाराज कार्की

आजकाल मानिसलाई घरमै बसेर समय बिताउन गाह्रो भईरहेको छ । छटपटाहट छ । समय समयमा आउने समाचार सुन्न भ्याईनभ्याई छ । सडक सुनसान छ । घरबाहिर कोही ननिस्किउँ । मास्क लगाईराखौँ । साबुन पानीले पटकपटक मिचेर हात धोईराखौँ । नाक, मुख र आँखामा हात नलैजाऔँ । एक अर्कासँग सामाजिक दुरी कायम राखौँ । यो कुरा प्रायः सबैलाई कण्ठ भइसक्यो । यसको जस कोरोना भाइरस (कोभिड १९) लाई जान्छ । सन् २०१९ को डिसेम्बरमा चीनमा उत्पत्ति भएको यो भाइरसले संसारमा बितण्डा मच्चाउँदै छ । हाल संसारका २०५ भन्दा बढी देश र २ वटा पानी जहाजमा समेत संक्रमण भइसकेको छ ।

हिजो ढुक्कका साथ चलिरहेको समाजलाई करिब करिब आफ्नो कब्जामा जमाईसकेको छ, यस भाइरसले । विश्व स्वास्थ्य संगठन, नेपाल लगायत विश्वका सरकार र यसका निकायहरूलाई यो भाइरस नियन्त्रण गर्न लागेका छन् । नेपालको सन्दर्भमा आगामी वर्षको बार्षिक योजना र बजेट तयार पार्ने समय यही हो । संसदबाट महत्वपूर्ण विधेयक पास गर्ने तथा नियुक्ति गर्न बाँकी नै थिए । एक्कासी कोरोनाको हमलाको कारण संसदीय अधिवेशन त बन्द नै भइसक्यो । विश्वविद्यालय स्तरका सबै परिक्षा स्थगित भएका छन् । शिक्षा क्षेत्रमा फलामे द्वार ठानिएको माध्यमिक शिक्षा परिक्षा रोकिएको छ । त्यस्तै हालत छ कक्षा ११ र १२ को पनि । कक्षा १ देखि ९ सम्मका वार्षिक परिक्षा हतार हतार सकिए पनि नतिजा प्रकाशन हुन सकेन । नयाँ शैक्षिक शत्र सुरु हुने समय भइसक्यो कोरोनाको सन्त्रासले सबैलाई गाँजेको छ ।

भनिन्छ, हरेक समस्या समस्याको रूपमा मात्र आउँदैन । यसको पछाडि अन्य विकल्प र सम्भावना पनि उत्तिकै हुन्छन् । समस्यालाई समस्याको रूपमा मात्र हेरेर थकित मनस्थिति लिएर रहिरहने रहने हो भने त्योचाहिँ साँच्चि नै समस्या हो । त्यसले समाजका हरेक अंगलाई नकारात्मक प्रभाव पार्छ । तर, यसलाई एक अवसरको रूपमा हेर्योन भने समाज विकासको नयाँ मोडल पनि स्थापित हुन सक्छ । यही सेरोफेरोमा रहेर हालको विषम परिस्थितीमा शिक्षण सिकाइको कार्यलाई कसरी नयाँ तरिकाले निरन्तरता दिन सकिन्छ भनेर विभिन्न विचारहरू आएका छन् । यी फरक विचार अनुसार बालबालिकाहरूलाई नियमित काममा सहभागी गराईराख्न सकियो भने सिक्ने बानीलाई निरन्तरता दिन सकिन्छ । यसबाट हालको महामारीप्रति हुने चिन्ता पनि कम गर्न सकिन्छ । साथै आगामी दिनमा विद्यालय सुरु भएपछि तिनको सिकाइको निरन्तरता दिन मद्दत मिल्छ ।
बालबालिकाले सिकाईलाई निरन्तरता नदिए के हुन्छ ?  
विद्यालय खुलेपछि एकैपटक विद्यालय जाँदा पढ्ने सिक्ने बानी कम हुन्छ । अल्छी लाग्छ । भनिन्छ नि, खाली दिमाग सैतानको घर । बढी खेलेरमात्र बस्ने बानी हुन्छ । सृजनशीलता घट्छ । दिउँसो सुत्ने बानी हुन्छ । टेलिभिजनमा अनावश्यक समय बित्छ । सामाजिक सञ्जालमा व्यस्तता बढ्छ । सिक्नेभन्दा अनावश्यक मनोरञ्जनमा समय जान्छ । अभिभावकहरूको चिन्ता बढ्छ । कोरोनाको मात्र समाचार, छलफल, अपडेटमात्र सुनिरहँदा त्रास उत्पन्न हुन्छ । चिन्ता बढ्छ । संक्रमित र ज्यान गुमाएको मात्र सुन्दा नैराश्यता बढ्न सक्छ ।
त्यसो हो भने के गर्ने त ?
यस्तो अवस्थामा बालबालिकाहरूलाई अनौपचारिक गतिविधिमा व्यस्त बनाउनु एक अवसर साबित हुनसक्छ । यसका लागि सामान्यतया तलका क्रियाकलाप गराउन सकिन्छ ।
आफ्नो बालबालिकालाई घरमा बस्दा के गर्ने भनेर समय छुट्टयाई दिनु राम्रो हुन्छ । यसका लागि तिनलाई घरको नियमित काम सिकाउन र लगाउन सकिन्छ । घर, कोठा र आफ्नो सरसफाई गर्ने, खाना बनाउने, भएमा फूलबारी वा तरकारी बारीमा काम लगाउने, एकअर्काको काममा सहयोग गर्ने आदि ।
कुनै एक समयमा नाच, गानमा व्यस्त गराउन सकिन्छ । केही समय कथा, कविता, गीत वा यस्तै केही लेखनमा लगाउन सकिन्छ । चित्र बनाउने, रङ्गाउने काम दिन सकिन्छ । यस्तो कार्यमा आफूभन्दा ठूलाको सहयोग लिन र सानालाई सहयोग गर्न लगाउन सकिन्छ ।
हरेक दिन कुनै एक सफलताको कथा सुनाउन सकिन्छ । समाजको उदाहरणीय व्यक्तित्वको बारेमा जानकारी दिन सकिन्छ । गलत काम गर्योन भने के हुन्छ? भन्ने कुराको स्पष्ट जानकारी गराउन सकिन्छ । यस्तो कार्यमा तिनलाई आफ्नो विचार भन्न लगाउन सकिन्छ । तिमीलाई कुन पक्ष राम्रो लाग्यो र किन? अनि तिमि भविष्यमा कस्तो मानिस बन्ने र किन? लगायतका छलफल गर्न लगाउन सकिन्छ । यस्तो बेलामा अभिभावक आफूपनि सँगै रहनुपर्छ ।
प्राकृतिक विपत्ति, कुनै रोगको महामारीको बारेमा जानकारी दिन सकिन्छ । यी हरेक हुनका कारणहरू बताउन सकिन्छ । साथै यिनको रोकथाम र सम्भावित क्षतिका बारेमा जानकारी गराउनु राम्रो हुन्छ । यसको बारेमा जानकारी गराउँदाचाहिँ तिनको उमेर र स्तरलाई ख्याल गर्नु उपयुक्त हुन्छ ।
सम्भव भएमा परिवारको ज्येष्ठ सदस्यले कुनै अनुभवलाई हाउभाउसहित सुनाउन सकिन्छ । जस्तै हजुरआमाको कथा, हजुरबाको यात्रा, काकाको खेलकुद सम्झना, आमाको बाल्यकाल आदि । यसबाट भविष्यको बाटो रोज्न सहज हुन सक्छ ।
हालको अनिश्चितता एकदिन त अन्त्य हुन्छ नै । त्यसपछि बालबालिकाहरू आफ्नो नियमित पढाइ सिकाइ कार्यमा सहभागी हुनैपर्छ । तिनलाई अन्य अनौपचारिक कार्यमा मात्र राख्नुभन्दा औपचारिक सिकाइ प्रक्रियामा पनि केही समय बिताउन लगाउनु राम्रो हुन्छ । चाहे ती पुस्तक हुन् या अनलाईन/अफलाईन सामग्रीहरू ।
तपाईँको बालबालिकाहरू माथ्लो कक्षामा जाँदैछन् भने ती पुस्तकहरू क्रमशः हेर्न लगाउनु पनि राम्रै हुन्छ । यसका अलावा तिनको स्तर मिल्ने खालका पुस्तकहरू पढ्ने समय मिलाईदिएमा राम्रो हुन्छ । यसका लागि उमेर समूह अनुसार सान्दर्भिक कथा, कविताका पुस्तकहरू हुन सक्छन् । हाल बजार, पसल बन्द भएका कारण घरमै भएका वा कुनै माध्यमबाट ल्याएर प्रयोग गर्न दिन सकिन्छ ।
यो पढाइ त भयो परम्परागत पढाइ । यसलाई पनि सामग्री भएसम्म कायम राख्दै आजको नयाँ प्रविधिको पनि प्रयोग गर्न सक्नुहुन्छ । बालबालिकाको सिकाई प्रक्रियामा प्रविधिको प्रयोग गर्न लगाउनु भयो भने समयको सदुपयोग मात्र हैन, बालबालिकाहरू प्रविधिप्रति चासो दिने, सिक्ने र प्रयोग गर्ने भएकाले एक अवसर पनि हुनसक्छ । विद्यालयमा सधैंभरि पुस्तकमात्र पढ्दा दिक्दार भएको हुनसक्छ । पुस्तकहरू रङ्गीन नहुन सक्छ । पुरानो भएको वा च्यातिएको हुनसक्छ । आकर्षक नहुन सक्छ । अन्तर्क्रियात्मक र प्रविधिमैत्री त हुँदैन नै । त्यसैले समय निकालेर बालबालिकाहरूलाई प्रविधिमैत्री सामग्री पनि प्रयोग गर्न दिन सकिन्छ । यसबाट बदलिँदो समयको मागअनुसार त्यस्तैमा ध्यान केन्द्रित हुन्छ, सिकाइ प्रभावकारी हुन्छ ।
कसरी गर्ने ?
यसका लागि बालबालिकाहरूलाई घरमै टेलिभिजन, कम्प्युटर, मोबाइल ट्याबहरू प्रयोग गर्न दिन सकिन्छ । सँधै टेलिभिजनबाट समाचार, मनोरञ्जन वा कार्टुनलगायतका विभिन्न सामग्रीहरू हेर्न बानी भएका हुन्छन् । हाल टेलिभिजनमा सरकारी लगायत केही निजी संस्थाहरूले शिक्षा सम्बन्धी विभिन्न जानकारी प्रदान गरिरहेका छन् । अब नियमित सिकाइमा सहयोग पुग्ने यस्ता सामग्री हेरेर सिक्न लगाउनु उपयुक्त हुन्छ ।
घरमा कम्प्युटर भएमा सिकाइमूलक खेलहरू खेल्न दिन सकिन्छ । ईन्टरनेट भएमा विभिन्न अनलाईन सामग्रीहरू खोजेर हेर्न लगाउन सकिन्छ । तर, ईन्टरनेट प्रयोग गर्दाचाहिँ सावधानी अपनाउन भन्नुपर्छ । नत्र अनावश्यक साइटहरूमा गएर समयको बर्बादी हुनसक्छ भने सिकाउन चाहनुभएको कुरा नसिक्न पनि सक्छन् । तपाईँले बच्चाको उमेर र विषयगत सामग्रीहरू भएका साईटहरूमा गएर हेर्न, सुन्न, पढ्न, अभ्यास गर्न लगाउन सक्नुहुन्छ । यसवाट बच्चा प्रविधिमा साक्षर र क्रमशः जानकार हुनुका साथै स्वतःस्फुर्त रूपमा कम्प्युटर चलाउन जान्ने हुन्छ । कम्प्युटर प्रयोगमा डराउँदैन ।
नियमित ईन्टरनेट नभएर कम्प्युटर मात्र छ भनेपनि त्यसबाट गर्न सकिने कामहरू सिकाउन सक्नुहुन्छ । ईन्टरनेट एकछिन चलाएर वा अन्यत्रबाट शैक्षिक प्रयोजनका लागि तयार पारिएका कक्षागत र विषयगत डिजिटल सामग्रीहरू ल्याएर ईन्स्टल गरेर प्रयोग गर्न दिन सक्नुहुन्छ । विभिन्न ज्ञानबर्धक पुस्तक, अडियो तथा भिडियोको स्वरुपमा हुने यस्ता सामग्रीहरू बच्चाले रमाएर प्रयोग गर्दै सिक्न सक्छ ।
केही सामग्रीहरू मोबाइल र ट्याबमा पनि प्रयोग गर्न सकिने खालका हुन्छन् । तपाईले त्यस्ता सामग्री ल्याएर दिन सक्नुहुन्छ । नियमित प्रयोगका लागि ल्याएको मोबाइललाई नै यस काममा प्रयोग गर्न सकिन्छ । सस्तो र कम विद्युत चाहिने भएकाले कम्प्युटर प्रयोग गर्न कठिन भएका ठाउँमा पनि मोबाइल उपयोगी साबित हुनसक्छ ।
कस्ता सामग्री दिने ?
हाल बजारमा विभिन्न किसिमका डिजिटल सामग्रीहरू पाईन्छन् । बालबालिकालाई सिकाइमा प्रयोग गर्न दिने यस्ता सामग्री छनौटमा एकदमै ख्याल पुर्यााउनुपर्छ । ती सामग्रीहरू कुनै पैसा तिर्नुपर्ने हुन्छन्, कुनै निःशुल्क । पैसा तिरेर पनि निश्चित समयसम्म चल्ने वा निश्चित उपकरणमा मात्र चल्ने हुन्छन् । कुनै निश्चित उमेर समूहका लागि बनाइएका हुन्छन् भने कुनै समग्र एकैठाउँमा हुनाले प्रयोगकर्ता आफैले छनौट गरेर हेर्नुपर्ने हुन्छन् । कुनै कक्षागत र विषयगत रूपमा छुट्याईएका हुन्छन् भने कुनै एकै ठाउँमा हुन्छन् । कुनैमा आवाज, चित्र, एनिमेसन र अक्षरसमेत हुन्छ भने कुनैमा यीमध्ये सबै वा केहीमात्र हुन्छन् । कुनै अनलाईन मात्र चल्ने हुन्छन् भने कुनै अनलाईन र अफलाईन दुवै चल्ने हुन्छन् । कुनै सामग्री प्रयोग गरेका आधारमा रकम तिर्नुपर्ने हुन्छ ।  विद्यार्थीको उमेर, मनोविज्ञान, स्तर ख्याल गरेर बनाइएका सामग्री पनि पाइन्छन् भने कुनै आफुखुशी बनाइएका हुन्छन् । कुनै व्यापारिक प्रयोजनले बनाइएका हुन्छन् भने कुनै सामाजिक उत्तरदायित्व अनुसार निःशुल्क वितरणका लागि बनाइएका हुन्छन् । कुनै सामग्री सम्बन्धित सरकारी निकायबाट मान्यता प्राप्त हुन्छन् भने कुनै हुँदैनन् ।
बजारमा पाइने यस्ता सामग्रीहरूको छनौटमा अभिभावकले विशेष ध्यान दिनुपर्ने हुन्छ । आफ्नो बच्चाको कक्षागत र विषयगत पाठ्यक्रममा मिल्ने छ कि छैन । खरिद गर्नुपर्ने हो भने कति पर्छ, नियमित रकम तिरिरहनु पर्ने हो कि, एकपटक लिएपछि कति समय चल्छ, कतिवटा उपकरणमा चल्छ, प्राविधिक सहयोग उपलब्ध छ छैन, सम्बन्धित निकायबाट मान्यता प्राप्त छ कि छैन । प्रयोग गर्ने तरिका उल्लेख भएको छ कि छैन, यी सबै कुराहरू ख्याल गर्नुपर्छ ।
यी सामग्रीहरुको भीडमा साझा शिक्षा ई-पाटीले तयार पारेका सामग्रीहरू भने निःशुल्क उपलव्ध छन् । आवाज, चित्र, एनिमेशन र अक्षरको सम्मिश्रण भएका यी सामग्रीहरू पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति प्राप्त छन् । लामो समय लगाएर तयार पारिएका सामग्रीहरू अंग्रेजी र नेपाली भाषामा उपलव्ध छन् । राष्ट्रिय पाठ्यक्रममा आधारित सामग्री कक्षा एकदेखि आठसम्मका अंग्रेजी, गणित र विज्ञान तथा कक्षा एक देखि चारसम्मका नेपाली विषयका छन् । यी सामग्री प्रयोग गर्न निरन्तर ईन्टरनेटको आवश्यकता पर्दैन, एकपटक डाउनलोड गरेर कपी गरेपछि एकसाथ जतिपनि उपकरणहरूमा प्रयोग गर्न सकिन्छ । यहाँ हज्जारौँ पुस्तक, अडियो पुस्तक, भिडियो, एसईई सहयोगी सामग्रीलगायत अभ्यास गर्न सकिने शैक्षिक सफ्टवेयरहरू राखिएका छन् । कृषि, भाषा, स्वास्थ्य, खेल, धार्मिक, ऐतिहासिक समेत समेटिएका यी सामग्रीहरू बालबालिकाको लागिमात्र नभै शिक्षक, अभिभावक सबैका लागि पनि उपयोगी छन् । यहाँ एसईई दिनेका लागि अडियो पुस्तक सुन्न, पढ्ने सीप विकास गर्न, पढ्न सिक्नका लागि विभिन्न सामग्रीहरू तयार पारिएका छन् ।
(कार्की साझा शिक्षा ई-पाटीका सिनियर मेनेजर हुनुहुन्छ)
साझा शिक्षा ई-पाटीमा उपलब्ध निःशुल्क पाठ्यसामग्री यहाँ उल्लेखित लिङ्कमार्फत प्रयोग गर्न सकिन्छ । मोबाइलमा Epustakalaya नामक एपमार्फत पनि पढ्न सकिन्छ ।
___
Published on 2020-04-23

——

टीकाराज कार्की | लेखक

  • Posted on 30 Apr 2020
  • In News
Continue Reading

New collaboration with CEHRD

April 23, 2020 | Kathmandu

OLE Nepal signs agreement to provide our complete collection of digital learning content to the Ministry of Education, Science and Technology (MOEST) for free and open access to all learners.

Today, OLE Nepal signed a Memorandum of Understanding (MoU) with the Center for Education and Human Resource Development (CEHRD) to collaborate to improve education quality and access through the use of technology. Dr. Tulashi Prasad Thapaliya (Director General of CEHRD) and Mr. Rabi Karmacharya (Executive Director of OLE Nepal), signed the MoU today at CEHRD, alongside Mr. Bishnu Prasad Adhikari (Deputy DG, CEHRD) and Mr. Rudra Prasad Adhikari (Acting DG, Curriculum Development Centre). While the schools remain closed during the nation-wide lockdown, OLE Nepal has agreed to make our complete collection of digital learning materials available to all students for free through the CEHRD’s education portal.

OLE Nepal is the first organization to provide learning content to the government for free, and will continue to work with the CEHRD to make our content accessible to all students. 


https://learning.cehrd.edu.np/

OLE Nepal will continue to work with the Government for the post COVID-19 education response. 

Continue Reading

सार्वजनिक शिक्षामा प्रविधिको प्रयोग

बैशाख ५, २०७७ | टीकाराज कार्की

मानिसको चेतनामा क्रमिक सुधार हुने काम शिक्षाबाट नै सुरू हुन्छ । औपचारिक वा अनौपचारिक शिक्षाको कारण प्राप्त हुने चेतनाबाट नै समाज विकास तर्फ अग्रसर हुन्छ । विगतको शिक्षा घोकन्ते थियो । जसरी भए पनि कण्ठ पार्नु पर्ने । परीक्षामा हुबहु लेख्न सके मात्र माथ्लो कक्षा जान पाउने । यसबाट दिगो सिकाइ हुँदैनथ्यो । वास्तविक कुरा जान्न भन्दा पनि कण्ठ गर्ने प्रवृत्रि प्राथमिकतामा पर्दथ्यो । समयको विकासक्रम सँगै सिक्ने सिकाउने काममा पनि फरकपन हुँदै गयो । क्रमशः कुन विधिबाट सिकाउँदा सिक्नेहरूले सहजै जान्दछन् र सिकाउनेलाई पनि सहज हुन्छ भन्ने बारेमा खोज अनुसन्धान हुँदै गए ।

यसैक्रममा सरकारी तहबाट सिकाइका नयाँ विधि तरिकाका बारेमा अध्ययन गरियो । स्थानीय देखि अन्तर्राष्ट्रिय अनुभवहरू , विद्यालयका शिक्षक र विद्यार्थीहरूको अवस्था अध्ययन, विश्वमा भएको विज्ञान प्रविधिको द्रुत विकास र प्रयोगको अवस्था सँगै सिकारुहरूको मनोविज्ञानलाई मध्य नजर गर्दै सरकारी तथा गैर सरकारी संस्था  सिकाइमा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ भन्ने निष्कर्षमा  पुगी डिजिटल शैक्षिक सामग्री निर्माण  गर्न थालेका छन् ।

संसारमा नयाँ प्रविधिको विकास सँगै नेपालमा पनि शैक्षिक संस्थाको शिक्षण सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग गर्ने योजना बन्यो । तर कसरी भन्ने प्रश्न रहेको थियो । विद्यालयमा कम्प्युटर बाड्ने, ईन्टरनेट दिने, शिक्षक तालिम गराउने आदि जस्ता विकल्प आए । यी विकल्पहरूको माझ आवश्यक उपकरणको साथै डिजिटल शैक्षिक सामग्री पनि दिनुपर्छ भन्ने मान्यताका साथ  नेपाल सरकार तत्कालीन शिक्षा विभागको नीतिगत सहकार्यमा  साझा शिक्षा ईपाटी नेपाल (Open Learning Exchange Nepal) ले काम सुरु गर्यो । यस पश्चात् सामुदायिक विद्यालयहरूमा कक्षागत डिजिटल सामग्री समेतका ल्यापटप दिने, शिक्षकलाई तालिम दिने लगायतका कार्य सञ्चालन भए ।

विद्यार्थीहरूका लागि डिजिटल शैक्षिक सामग्री

आजको पुस्ता नयाँ प्रविधिमा चासो राख्ने पुस्ता हो । यसैले दैनिक सिक्ने क्रममा पनि प्रविधि कै प्रयोग गर्न सकियो भने दिगो र प्रभावकारी सिकाइ हुन्छ । सिकाइमा प्रविधिको प्रयोग गर्ने हो भने सान्दर्भिक डिजिटल शैक्षिक सामग्री चाहिन्छ । कम्प्युटर मात्र दिएर हुँदैन । कक्षागत र विषयगत बालमैत्री शैक्षिक सामग्री पनि हुनुपर्छ । सबै सामग्रीहरू राष्ट्रिय पाठ्यक्रममा आधारित हुनैपर्छ । साझा शिक्षा ईपाटीले पाठ्यक्रम विकास केन्द्रसँगको सहकार्यमा यस्ता डिजिटल शैक्षिक सामग्री (ईपाठ) तयार पारेकोछ । ईपाठ प्रयोग गर्न https://pustakalaya.org/epaath/   मा जानु पर्छ । यिनमा आवश्यकता अनुसार आवाज, चित्र, एनिमेशन र अक्षरको प्रयोग भएकोछ । हालसम्म कक्षा १ देखि ८ सम्मका अङ्ग्रेजी, गणित, विज्ञान र कक्षा १ देखि ४ सम्मका नेपाली विषयका ईपाठहरू तयार भएकाछन् । हरेक ईपाठ नेपाली र अङ्ग्रेजी दुबै भाषामा तयार पारिएको छ ।

पठनसिप विकासका लागी बाल पाठमाला

बालबालिकाहरूले जति बढी पढ्ने सामग्री पायो उति नै बढी पठन सिपको विकास हुन्छ । हाल विषेश गरि दुर्गम क्षेत्रमा यस्ता डिजिटल सामग्रीहरू पाउन कठिनछ । सुगम क्षेत्र मै पनि कुन सामग्री प्रयोग गर्न दिने हो अलमल छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै साझा शिक्षा ई-पाटीले बालसन्दर्भ सामग्रीको रूपमा विभिन्न पुस्तकहरूको संग्रह तयार पारेकोछ । जसलाई बाल पाठमाला भनिएकोछ । यसमा भएका बाल साहित्यका सचित्र पुस्तकहरू हेर्न https://pustakalaya.org/balpaathmala/ मा गएर सकिन्छ । यहाँ अंग्रेजी र नेपाली दुबै भाषाका पुस्तकहरू रहेकाछन् । विषेश गरी यो कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूका लागी उपयुक्त पुस्तकहरूको संग्रह हो । बालबालिकाहरूको सिकाइ स्तरका आधारमा पुस्तकहरूलाई ३ स्तरमा विभाजन गरिएको छ । शिक्षकको निर्देशन अनुसार फरक पढाइ क्षमता भएका बालबालिकाहरूले यसलाई प्रयोग गर्न सक्छन् । यसबाट प्रयोगकर्तालाई विषयवस्तुमा जानकारी र पठनसिप विकासमा सहयोग पुग्ने छ ।

प्रारम्भिक पठन सिप विकासका लागी सामग्री

मानिसको कुनै पनि क्रियाकलापको लागी भाषा पहिलो र अनिवार्य सर्त हो । एक अर्काका विचार भावनाहरू आदान प्रदान गर्ने माध्यम नै भाषा हो । सुनाइ, बोलाइ, पढाइ र लेखाइ भाषाका सिप हुन् । उत्कृष्ठ र प्रभावकारी आदानप्रदानका लागी यी चारवटै सिपको समान विकास हुनुपर्छ । सुनाइ र पढाइले व्यक्तिमा ज्ञान, सुचना लिनको लागी सहयोग पुग्छ भने बोलाइ र लेखाइले ज्ञान, विचार, भावना, अनुभव अन्यलाई बाँड्नको लागी सहयोग गर्छ । यी मध्ये विद्यार्थीले सुनाइ र बोलाइ घरबाटै सिकेर आएको हुन्छ भने पढाइ र लेखाइ विद्यालयमा आएर सिक्छ । जसरी भए पनि मानिसमा यी चारवटै सिपको समान विकास हुनु जरुरी छ । साझा शिक्षा ई-पाटीले विद्यार्थीलाई यी सबै सिपको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले तयार पारेका यी सामग्री https://egr.pustakalaya.org/story पाउन सकिन्छ । यसको प्रयोगबाट विद्यार्थीको सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएकोछ । शिक्षकले आवश्यकतानुसार यी सामग्री प्रयोग गर्न सक्नेछन् ।

माध्यमिक शिक्षा परिक्षा (SEE) सहयोगी सामग्री

हाल विश्वब्यापी रूपमा कोरोना भाइरसको आतङ्क छ । नेपाल पनि यसबाट अछुत रहने अवस्था नै रहेन । विद्यालयहरूले कक्षा ९ सम्मका विद्यार्थीहरूको शैक्षिक शत्र २०७६ को वार्षिक परिक्षा लिईसकेका छन् । तर माध्यमिक शिक्षा परिक्षा भने अन्तिम समयमा आएर स्थगीत भएकोछ । सम्पूर्ण विद्यार्थी र अभिभावकहरूलाई यसले विषेश चिन्ता थपेकोछ । मुलुक बन्दाबन्दीमा गएकोछ । यो अवस्था कहिले सम्म रहने हो निश्चित छैन । यस घडिमा साझा शिक्षा ई-पाटीले समस्त विद्यार्थीहरूलाई घरमै बसेर प्रयोग गर्न मिल्ने गरी माध्यमिक शिक्षा परिक्षाका सहयोगी सामग्रीहरू संग्रहित रूपमा विषयगत पुराना प्रश्नपत्रहरू, पुस्तक, शिक्षक निर्देशिका, सन्दर्भ सामग्रीहरू, अडियो तथा भिडियो सामग्रीहरू यहाँ https://pustakalaya.org/ne/see-support-materials/ पाउन सक्ने गरी राखिएको छ । प्रयोगकर्ताहरूले ईन्टरनेटबाट सिधै वा डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुनेछ । यसको प्रयोगबाट बन्दाबन्दीको समयमा घरमै बसेर पनि विद्यार्थीहरुलाई सहयोग पुग्ने आशा गरिएकोछ । शिक्षक साथीहरूले विद्यार्थीहरू समक्ष पुर्‍याउन सहयोग गर्न सक्नुहुनेछ ।

सबै वर्गको लागी ईपुस्तकालय

साझा शिक्षा ई-पाटीले समुदायमा पठन संस्कृतीको विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले ई-पुस्तकालय तयार पारेकोछ । नेपाली, अङ्ग्रेजी र स्थानीय भाषाका सामग्रीहरू सङ्कलन गरेर तयार पारिएको यो पुस्तकालय अनलाईन र अफलाइन दुबै तरिकाबाट प्रयोग गर्न सकिन्छ ।  यसमा हज्जारौँको सङ्ख्यामा डिजिटल पुस्तक, अडियो पुस्तक, भिडियो तथा अभ्यास गर्ने सामग्रीहरू उपलव्ध गराइएकाछन् । ईन्टरनेट भएको स्थानमा www.pustakalaya.org मा गएर प्रयोग गर्न सकिन्छ भने बिना ईन्टरनेट प्रयोग गर्न साझा शिक्षा ई-पाटीले सर्भरमा सम्पूर्ण डिजिटल सामग्रीहरू राखेर उपलव्ध गराउने ब्यवस्थाछ । यसमा ई-पाठ, बाल पाठमाला लगायतका सम्पूर्ण सामग्रीहरू पाउन सकिन्छ । अफलाइन प्रयोग गर्दा डेक्सटप कम्प्युटरमा नेटवर्किङ मार्फत सकिन्छ भने ल्यापटप र मोवाइलमा यी सामग्री प्रयोग गर्न राउटरको सहयोग लिन सकिन्छ । यसलाई विद्यालय, क्याम्पस, पुस्तकालय तथा सार्वजनिक स्थानमा राखेर पनि प्रयोग गर्न सकिन्छ ।

पढेर बस्ने समय नमिलेमा सुन्ने किताब

लकडाउनको समय कष्टकर हुँदै गएकोछ । बिना पर्याप्त काम घरमा बसिरहन साँच्चि नै सहज नहुँदो रहेछ । एकै किसिमको काम पनि कति गरिरहनु होला । यस्तो बेलामा अलि फरक तरिकाले समय बिताउन, जानकारी तथा मनोरञ्जन लिन सुन्ने किताबहरू पनि प्रयोग गर्न सकिन्छ । सबै उमेर समुह र बिषयका किताबहरू सुन्न मिल्ने गरि तयार पारेर एकै ठाउँमा राखिएको छ । त्यो ठाउँ https://bit.ly/EPAudioBooks हो । तपाईँले यहाँ गएर धार्मिक तथा ऐतिहासिक किताब, बालकथा, गीत र कबिता लगायतका सामग्रीहरू सुन्न सक्नुहुन्छ ।

मोवाइल App को सुविधा

साझा शिक्षा ई-पाटीले ई-पुस्तकालयमा भएका सामग्रीहरू रहेको मोवाइल एप पनि तयार पारेकोछ । मोवाइल प्रयोगकर्ताहरूले Play store बाट OLE Nepal ले तयार पारेको E-Pustakalaya नामको App install गरेपछि यी सामग्रीहरू प्रयोग गर्न सक्ने सुविधा राखिएकोछ । हाल यसमा डिजिटल पुस्तकहरू मात्र राखिएकोछ ।

यस प्रकार नेपालको सार्वजनिक शिक्षा प्रणालीमा गुणस्तर र भौगोलिक आधारमा देखिएको फरकलाई कम गर्न सहयोग पुर्‍याउन सहयोग गर्ने उद्देश्यले साझा शिक्षा ई-पाटीले शिक्षामा प्रविधिको प्रयोग गर्न सहयोग गरिरहेकोछ । यस कार्यमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यस मातहतका निकायहरूसँग सहकार्य रहेकोछ । यसरी तयार पारिएका सम्पूर्ण डिजिटल सामग्रीहरू नितान्त शैक्षिक प्रयोजनका लागी तयार पारिएका हुन् भने प्रयोगकर्ताले यी सामग्रीहरू निःशुल्क  प्रयोग गर्न सक्छन् ।

Original Post: https://edupatra.com/news/the-use-of-technology-in-public-education/

  • Posted on 17 Apr 2020
  • In News
Continue Reading

सिकाइ, लकडाउन र डिजिटल शैक्षिक सामग्री

चैत्र ३०, २०७६ | टिकाराज कार्की

काठमाडौं । अहिले संसार कोरोना भाइरसको आतङ्कबाट त्रसित छ । कसलाई कतिबेला यसले भेट्छ, टुङ्गो छैन । संसारका अधिकांस मुलुकहरू पुरै लकडाउनमा छन् । सबै नागरिकलाई घर बाहिर ननिस्कन सरकारले अनुरोध गरेको छ । उद्योग, ब्यवसाय, पसलहरू बन्द छन् । शिक्षण संस्थाहरू बन्द भएकाले शिक्षा क्षेत्रमा अन्यौल बढेको छ । कक्षा नौ सम्मका वार्षिक परिक्षा त सकिएका छन् । नतिजा आउन बाँकि छ । विश्व विद्यालय स्तरका परिक्षाहरू स्थगीत गरिएकाछन् । विगतमा फलामे ढोका मानिएको माध्यमिक शिक्षा परिक्षा समेत अन्तिम घडिमा आएर स्थगीत भएको छ ।

अब शिक्षण संस्थाहरू कहिले देखि सुचारू हुने हो निश्चित छैन । यस कारण बालबालिकाहरू घरमै बस्न बाध्य भएका छन् । गाउँघर तिर त अलि अलि भएपनि घरको काममा सहयोग गर्न सक्छन् । तर शहर बजार तिर भने यस्तो अवस्था हुँदैन । जे होस् नियमित विद्यालय नभए पछि तिनको पढ्ने बानी छुट्न सक्छ । अरू वर्गहरू जसलाई दिन भर घर बसीरहँदा दिक्दारी हुन्छ । तिनले केहि पठन सामग्री पाएमा समय बिताउन सहजता हुन्छ । केहि ज्ञानगुनका कुराहरू सिक्छन् । अझ बालबालिकाहरूले तिनको स्तर अनुसारका पढ्दै सिक्ने सामग्री पाएमा त अझ बेस हुने थियो ।

यसरी लकडाउनको बर्तमान अवस्थामा के पढ्ने, कस्ता सामग्री पढ्न दिने भनेर अभिभावकलाई चिन्ता भइरहेको हुन सक्छ । एकातिर सामग्री नपाउने चिन्ता अनि अर्को तिर पाएपनि उपयुक्त हुन् या हैनन् भन्ने चिन्ता । अनि पढ्न मनलाग्ने पाठकहरूलाई पठन सामग्री नपाइरहेको हुनसक्छ । यस्तो अवस्थामा सबै उमेर समुहका लागी उपयोगी पढ्ने, खेल्ने, सुन्ने, हेर्ने र अभ्यास गर्ने सामग्रीहरू तल उल्लेख भए अनुसार हुनसक्छन् ।

विद्यार्थीहरूका लागि डिजिटल शैक्षिक सामग्री
आजको पुस्ता नयाँ प्रविधिमा चासो राख्ने पुस्ता हो । यसैले सिक्ने क्रममा पनि प्रविधि कै प्रयोग गर्न सकियो भने दिगो र प्रभावकारी सिकाइ हुन्छ । कक्षागत सिकाइ सामग्री चाहिएमा https://pustakalaya.org/epaath/ मा गएर चित्र, आवाज, एनिमेशन र अक्षर भएका कक्षा १ देखि ८ सम्मका विभिन्न विषयका ई–पाठहरू प्रयोग गर्न सकिन्छ । हरेक ई–पाठमा प्रयोग गर्ने तरिका उल्लेख गरिएको छ भने यीनलाई नेपाली र अङ्ग्रेजी दुबै भाषामा तयार पारिएको छ ।

पठनसिप विकासका लागी बाल पाठमाला
बालबालिकाले जति बढी सामग्री पढ्न पाए उति नै बढी पठन सिपको विकास हुन्छ । यसको लागी तपाईलाई बाल साहित्यका पुस्तकहरू चाहिएमा https://pustakalaya.org/balpaathmala/ मा पाउन सक्नुहुनेछ । यहाँ अंग्रेजी र नेपाली साहित्यका सचित्र पुस्तकहरू राखिएका छन् । यहाँ बालबालिकाको सिकाइ स्तरका आधारमा पुस्तकलाई ३ स्तरमा विभाजन गरेर राखिएकोछ । यी पुस्तकको प्रयोग बाट प्रयोगकर्तालाई पुस्तकका उल्लेखित विषय वस्तुमा जानकारी हुनका साथै पठनसिप विकासमा समेत सहयोग पुग्ने आशा गरिएको छ ।

प्रारम्भिक पठन सिप विकासका लागी सामग्री
मानिसको कुनै पनि क्रियाकलापको लागी भाषा पहिलो र अनिवार्य सर्त हो । एक अर्काका विचार भावनाहरू आदान प्रदान गर्ने माध्यम नै भाषा हो । सुनाइ, बोलाइ, पढाइ र लेखाइ भाषाका सिप हुन् । उत्कृष्ठ र प्रभावकारी रूपले विचार आदान प्रदानका लागी यी चारवटै सिपको समान विकास हुनुपर्छ । सुनाइ र पढाइले व्यक्तिमा ज्ञान, सुचना लिनको लागी सहयोग पुग्छ भने बोलाइ र लेखाइले ज्ञान, विचार, भावना, अनुभव अन्यलाई बाँड्नको लागी सहयोग गर्छ । मानिसमा यी चारवटै सिपको समान विकास हुनु जरुरी छ । यी सिपको विकासका लागी आवश्यक सहयोगी सामग्री https://egr.pustakalaya.org/story मा पाउन सक्नुहुनेछ । यीनको प्रयोगबाट सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएकोछ ।

माध्यमिक शिक्षा परिक्षा (SEE) सहयोगी सामग्री
हाल विश्वब्यापी कोरोना भाइसरको आतङ्कका कारण नेपालको माध्यमिक शिक्षा परिक्षा स्थगीत भएका कारण विद्यार्थी, अभिभावक र शिक्षकलाई विषेश चिन्ता थपेकोछ । यसैले समस्त विद्यार्थीहरूलाई घरमै प्रयोग गर्न मिल्ने गरी माध्यमिक शिक्षा परिक्षाका सहयोगी सामग्रीहरू संग्रहित रूपमा तयार पारिएको छ । जसलाई https://pustakalaya.org/ne/see-support-materials/ मा प्राप्त गर्न सकिन्छ । यसमा विषयगत रूपमा पुराना प्रश्नपत्रहरू, पुस्तक, शिक्षक निर्दे्शिका, सन्दर्भ सामग्रीहरू, अडियो तथा भिडियो सामग्री राखिएको छ । प्रयोगकर्ताहरूले ईन्टरनेट बाट सिधै वा डाउनलोड गरेर प्रयोग गर्न सक्नुहुनेछ । यसको प्रयोगबाट लकडाउनको समयमा घरमै बसेर पनि विद्यार्थीहरुलाई सहयोग पुग्ने आशा गरिएकोछ । अभिभावक तथा शिक्षक साथीहरूले विद्यार्थीहरू समक्ष पु¥याउन सहयोग गर्न सक्नुहुनेछ ।

सबै वर्गको लागी ई–पुस्तकालय
समुदायमा पठन संस्कृतीको विकास गर्न सहयोग पु¥याउन ई–पुस्तकालयले सहयोग पु¥याउँछ । अझ वर्तमान लकडाउनको समयमा त यसको महत्व अझै बढेको छ । प्रयोगकर्ताले आफ्नो कम्प्युटर वा मोवाइल बाट ई–पुस्तकालय प्रयोग गर्न सक्नु हुनेछ । यसका लागी www.pustakalaya.org ले सहयोग गर्छ । यसमा हजारौँको संख्यामा डिजिटल पुस्तक, अडियो पुस्तक, भिडियो तथा अभ्यास गर्ने सामग्रीहरू उपलव्ध गराइएका छन् । यहाँ विद्यालय, क्याम्पस, शिक्षासेवा लगायतका रोजगार मुलक परिक्षा तथा सर्वसाधारण पाठकहरूका लागी समेत उपयोगी हुने डिजिटल सामग्रीहरू पाउन सकिन्छ । यसमा सामग्री खोजेर पढ्ने, सुन्ने, हेर्ने तथा डाउनलोड गर्ने समेत सुविधा रहेको छ ।

पढेर बस्ने समय नमिलेमा सुन्ने किताब
लकडाउनको समय कष्टकर हुँदै गएको छ । बिना पर्याप्त काम घरमा बसिरहन साँच्चि नै सहज नहुँदो रहेछ । एकै किसिमको काम पनि कति गरिरहनु होला । यस्तो बेलामा अलि फरक तरिकाले समय बिताउन, जानकारी तथा मनोरञ्जन लिन सुन्ने किताबहरू पनि प्रयोग गर्न सकिन्छ । सबै उमेर समुह र बिषयका किताबहरू सुन्न मिल्ने गरि तयार पारेर एकै ठाउँमा राखिएको छ । त्यो ठाउँ https://bit.ly/EPAudioBooks हो । तपाईँले यहाँ गएर धार्मिक तथा ऐतिहासिक किताब, बालकथा, गीत र कबिता लगायतका सामग्रीहरू सुन्न सक्नुहुन्छ ।

मोवाइल एप को सुविधा
फुर्सदको समयमा ई–पुस्तकालयमा भएका सामग्रीहरू पढ्नको लागी मोवाइल एप पनि प्रयोग गर्न सकिन्छ । मोवाइल प्रयोगकर्ताहरूले Play store मा गएर E-Pustakalaya नामको App खोजेर आफ्नो मोवाइलमा install गरेपछि यी सामग्रीहरू प्रयोग गर्न सकिन्छ ।
यस प्रकार माथि उल्लेखित डिजिटल शैक्षिक सामग्रीहरू बर्तमान लकडाउनको समयमा विषेश गरि विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूका लागी उपयोगी हुने अपेक्षा गरिएको छ । घरमा खाली बसिरहँदा हुने दिक्दारी मेट्न पढ्ने बानीलाई निरन्तरता दिन र विभिन्न विषयमा सिक्नको लागी यी सामग्रीले सहयोग गर्नेछन् । युवावर्गका लागी नयाँ अवसर खोज्न पनि यी सामग्रीहरूले सहयोग पु¥याउँछन् । अर्को तिर वर्तमान पुस्ता कम्प्युटर तथा मोवाइल प्रयोग गर्न मन गर्ने र पुस्तकबाट भन्दा उपकरणबाट पढ्न र सिक्न रमाउँछन् । यसरी पढेर सिकेको दिगो र प्रभावकारी पनि हुन्छ । वर्तमान लकडाउनको समयमा मात्र हैन समग्र पढाइ र सिकाइको क्रमलाई नयाँ ढङ्गबाट अगाडी बढाउने उद्देश्यले माथी उल्लेखित डिजिटल सामग्रीहरू साझा शिक्षा ई–पाटी नेपालले तयार पारेको हो । प्रयोगकर्ताको सल्लाह सुझावका आधारमा थप प्रभावकारी बनाउन सकिनेछ । यी सम्पुर्ण सिकाइ सामग्रीहरू निःशुल्क प्रयोग गरेर वर्तमान लकडाउनको समयलाई मात्र हैन आगामी हरेक समयलाई अधिकतम फलदायी बनाउन सकिन्छ ।

लालीगुराँस नगरपालिका ३ मुसाङखेल तेह्रथुम । हाल किर्तिपुर काठमाडौं ।

लेखक टिकाराज कार्की साझा शिक्षा ई–पाटी नेपालका सिनीयर मेनेजर हुन ।

प्रकाशित मिति: आइतवार, चैत्र ३०, २०७६, ०१:५७:२२
  • Posted on 14 Apr 2020
  • In News
Continue Reading

Fabian’s internship experience at OLE Nepal

– Fabian Collignon | March 2020

Hi, I am Fabian from Germany and I have had the pleasure to be an intern and volunteer at OLE Nepal for the last five months. I was part of the content creation team, where we developed video games that teach chapters of Nepal’s mathematics and science curriculum for years seven and eight. Even if math is not your thing, what is more exciting than games?

Getting into coding to get kids into science

I did not know much about programming when I arrived at OLE. So I sat down and worked my way through hours of YouTube tutorials and blog entries about “Unity” – our game development engine. Although I was never able to fully get away from Google searches about mysterious bugs and errors, after two weeks I was confident enough to dive into programming some early Projects.

Learning to make learning fun

In Germany, I had tutored students in physics and mathematics and that teaching experience really came in handy. I picked up how to break down topics and to utilize enthusiasm for successful autonomous learning – insight that fits right into OLE’s game project.

Now it only came down to applying this knowledge to the curriculum and to creating concrete content from it.

“Learning should be a joy and full of excitement. It is life’s greatest adventure.” – Taylor Caldwell

One of the first projects the team and I kicked off was “Space Explorer”. This game sends you on a journey around our solar system. While you try to steer a rocket through the asteroid belt or around Saturn, you need to devise a strategy that incorporates gravitational effects, thrust and launch angle. Discovering all those new concepts becomes the adventure itself and aims to make learning intuitive.

Teamwork goes a long way

From day one it was obvious that team effort at OLE rules! In a daily meeting, our Dev group came together to report on progress, assign tasks, discuss workload distribution and to forge a plan for the day. This formed a fully integrated team of content creators, graphic designers, and software developers – and it gave insight into so much more than just the code on my computer screen.

Lunch, tea and OLE beyond work

At 12:30 pm the whole office would have lunch that our lovely Didi cooked. Whether it was Momo Monday or Dal Bhat Wednesday, we all sat together, ate and talked. I already knew to appreciate everyone from the great teamwork and now we really got to know each other – waffling from soccer to politics to universities. At lunch, I truly started to take my colleagues to my heart and it felt good to have OLE become more than just a workplace.

Thanks OLE!

It has been an absolute pleasure to work on such interesting projects with such amazing people – I thank all of you! I am sure that OLE Nepal will continue to shape the country’s education for the better and am glad to have been part of it.

  • Posted on 2 Apr 2020
  • In Blog
Continue Reading

Teaching with technology resident’s experience in Jajarkot

Blogpost by Ashraya Manandhar | March 2020

I joined OLE Nepal’s teaching with technology residency program in 2018, after completing my Bachelor’s in Social Work and Psychology from Tribhuwan University. I was one for three teaching residents to support 15 laptop program schools in the remote district of Darchula. After completing the teaching residency program in Darchula, I was even more excited for new experiences in a new place, and just then I was offered to continue the program at Jajarkot district in the Karnali Province, alongside my colleague – Prajwal Pokharel. The district headquarter in Khalanga was our first destination in the district, from where we traveled to two municipalities with our 12 laptop program schools: Nalgad Municipality and Kuse Rural Municipality. 

This photo of a spectacular view was captured from a place named Dadagaun in Nalgad, Jajarkot. Believe it or not, this was the morning view outside our room for a few days. I had to capture and share it, and I usually show my pictures to the students, teachers, and locals. They’d identify the Bheri river, but the river was covered by thick fog, and they couldn’t believe it at first but later they did.

Speaking of local people, they were wonderful and supportive, especially the teachers of the schools that we worked with and hosts of places we called home for a few nights until our work at the community school was done. We moved often between the 12 schools, sometimes every other day. We enjoyed our visits in each school, as the students were interactive, friendly, active and energetic. We engaged with students through educational games as Fizz-Buzz, Tangram puzzle, and  more. 

The students were quite fond of the new laptop program at their school and enthusiastic about the digital learning materials. It was an absolute joy seeing the reaction of students using E-Paath for the first time. They were also learning on E-Pustakalaya, with books from Bal Paathmala, and going through stories in OLE’s new digital Early Grade Reading (EGR). They really loved the laptops and were very excited to go to the laptop room. We overheard the students repeatedly request the teachers for their E-Paath lesson, and watched them eagerly wait for their turn. We also noticed that schools had created their schedule around the laptop-integrated lessons. 

During the first round of support through our teaching residency program, we traveled to all 12 schools where we observed and supported the teachers if they had any challenge while teaching with digital resources. Each school had their own challenge. 

Some schools were low on staff and while some schools had teachers who faced difficulties in teaching English. Even with the challenges, all the teachers and community members were very supportive towards our digital learning program at their school. Even in the first few months, schools have shown great outcomes, while some are working  to improve their approach. Every teacher we observed in class brought their own unique way of teaching and communicating with the students. We learned and picked up something from each of them. It is a fact that teachers are the most important changemakers in any child’s life, and it became even more clear to us in these remote schools of Jajarkot. I was really happy to be there at the schools, and to witness students learning on laptops for the first time.

As part of the teaching residency experience, we also got to try the local food while staying in the community in Jajarkot. Locally grown red rice, fresh milks and curds, local fish, and more. I got to try ‘nettle leaf’ for the first time, also known as ‘sisnu’ in Nepali. When prepared and ready to eat it is also known as ‘paalauro’. We also tried a special batch of honey, that looked a lot like local ghee. The color and texture of this honey (Kartikya mahaa) is named after the harvest season and believed to have medicinal properties. We also tasted wildcrafted Sichuan pepper also known as ‘timur’ in Nepali. They also had many varieties of fruits that we were surprised to see, and kiwi fruit was one of them. 

Travelling from one school to another, we were always on the road and mountain trails, which brings us to the next part of our experience: infrastructure in Jajarkot. Most of the roads we took were unpaved fair-weather roads, and most places didn’t even have roads yet. We had to hike for 2-3 hours to reach some schools. Some trails were so steep and rugged that we could barely walk. There were few times we had to crawl up the hills. It made for a memorable experience and spectacular views the higher we climbed.  Some communities had electricity from local hydro power plants, while some had access to solar power only. Mobile networks were also a challenge, as most places had CDMA networks and very few places had GSM. 

During the residency program in Jajarkot, we had a lot of new experiences and also got many opportunities to enhance our skills while visiting different places. We spent the entire winter of 2019 in Jajarkot, and although there were some challenges during 4 months (from November 4, 2019 to March 9, 2020) we were able to overcome them. Along the way, we met wonderful people who made our journey memorable, and we completely immersed ourselves in the local culture and lifestyle of the communities we lived in. 

I am truly grateful to OLE Nepal for choosing to bring quality learning materials to remote schools in Jajarkot, and I’m happy to be a part of this initiative. The Digital Learning Program has contributed to improving the quality of education in these schools, and the teachers and students are very positive about this new approach to learning. 

Due to the COVID-19 pandemic we had to rework our schedule as the schools were closing early to take precautions. My coworker and I left Jajarkot on March 7, 2020. We hope to be able to return to support the schools when they reopen in the summer.

  • Posted on 30 Mar 2020
  • In Blog
Continue Reading

Learning resources recommended by Nepal’s Ministry of Education, Science and Technology

March 25, 2020 | Kathmandu

On March 23, 2020, a nation-wide lockdown was announced as an effort to encourage people to stay home and help stop the spread of COVID-19. This pandemic has also impacted schools and the education of students across the country. In an effort to encourage learning at home during the lockdown, Nepal’s Ministry of Education, Science and Technology has put out a notice with a list of resources and recommendations for students to use. Among the links shared are OLE Nepal’s E-Paath, E-Pustakalaya, Digital Early Grade Reading Content, BalPaathmala. These digital learning resources are free and open for all to use.

__

Original Post: https://bit.ly/DoENotice

  • Posted on 25 Mar 2020
  • In News
Continue Reading